बेलडाँडी,
विस २०५८ सालमा तत्तकालिन प्रधानमन्त्री शेर बहादुर देउवाका पलालामा आरक्ष विस्तारका क्रममा विस्थापित भएर आरक्ष पिडित बनेकाहरुको समस्या समाधान गरिदिन माग गर्दै बेलडाँडी स्थानीय सरकार लगायतको टोली संघीय राजधानी काठमाडौं प्रस्थान गरेको छ ।
यस आर्थिक बर्षमा आरक्ष पिडितका समस्या लिएर संघिय सरकारलाई गुहार माग्नका लागि १ लाख बिनियोजन गरेको बेलडाँडी सरकारले आरक्ष पिडितबाट ९ जना र जनप्रतिनिधी लगायत १६ जनाको टोली काठमाडौं गएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.१ का वडा अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार आज गाउँपालिका अध्यक्ष र २ नं. वडाका वडाध्यक्ष प्लेनबाट काठमाडौं पुग्ने जानकारी भएको बताए ।
२०५८ सालमा आरक्ष विस्तारका क्रममा विस्थापित भएर थातथलो गुमाएका पीडितहरुले अझैसम्म राज्यबाट सट्टाभर्ना पाएका छैनन्। ३१ वटा आयोग गठन भइसके पनि पीडितको नाम संकलन तथा पीडितको संख्या थप्नेमै सीमित छ। पुनर्स्थापनाका लागि कुनै पनि सरकारले गम्भीरतापूर्वक ध्यान दिन सकेको छैन् । आज उनै देउवाले सरकारको नेतृत्वगार्दा समेत पिडितहरुमा कुनै आसा पलाएको छैन् ।
Discussion about this post