बेलौरी ७ मा सञ्चालित २ दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५८२ जना लाभान्वित

10
VIEWS

कञ्चनपुर,

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ मा सञ्चालित २ दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५८२ जनाले स्वास्थ्य सेवा लिएका छन् । बेलौरी नगरपालिका वडा नम्बर ७ को चालु आर्थिक वर्ष २०७८।७९ को वार्षिक स्वीकृत स्वास्थ्य सम्बन्धी कार्यक्रम अन्तर्गत स्त्री तथा प्रसूति रोग एवं अन्य रोगका समेत गरी ५८२ जनाले सेवा लिएको बेलौरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा प्रसुतिरोग विशेषज्ञ, जनरल फिजिसियन लगायतका विशेषज्ञ चिकित्सकहरूद्वारा सम्बन्धित रोगहरूको चेकजाँच तथा उपचार सेवा, भिडियो एक्स-रे, ल्याब सेवा, रेडियोलोजी, ईसिजि सेवा र निःशुल्क औषधी वितरण गरिएको बताइएको छ । बेलौरी नगरपालिका वडा नम्बर ७ को आयोजनामा शुक्रबार र शनिबार उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार