राजेन्द्र यादब
पर्सा,सर्लाही ।
२० फाल्गुन,२०७९ । शिक्षा सवैकाे सराेकारकाे विषय हाे र अाधारभूत अावश्यकता पनि । याे एकलै कसैले पार लगाउने विषय पनि हाेईन । याे सवै पक्षकाे चिन्ता र चासो भित्र पर्न सके मात्र साेचे जस्तो शिक्षा प्रवर्द्धन गर्न सकिन्छ समाजमा । यसै कुरालाई मध्ये नजर गरि अतिरिक्त कृयाकलाप मार्फत विधार्थीहरूमा भएका अन्तरनिहित शक्तिलाई प्रषटफुटन गर्ने उदेश्यले अाज पर्सा गापा वडा नं.-३ स्थित नारायणीपुरमा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताकाे अायाेजना गरिएको थियोे ।
प्रतियोगितामा गापा अध्यक्ष धिरेन्द्र राय यादव ( विस्पत) ले विजेता टीमहरूलाई पुरस्कार वितरण गर्दै,-” सवैका लागि – सधैंका लागि शिक्षा कसरी प्रभापकारी हुन सकिन्छ भने कुराकाे सन्देश याे हाजिरीजवाफ प्रतियोगिताले दिएका छन । विधार्थीहरूलाई अध्ययन गर्न थप उर्जा यश किसिमका अतिरिकृयाकलापले दिने हुँदा मैले अाफनाे स्तरवाट गाउँपालिकामा जनमुखी तथा नमुना शिक्षा लागु गर्न हर सम्भव प्रयास गरिरहेकाे जानकारी गराउदै, शिक्षामा नागरिक समाजका यश किसिमकाे चासाे र सहयोगकाे लागि जन कल्याण समाज,नारायणपुरलाई ह्रदय देखि धन्यवाद ज्ञयापन गर्नु भयाे । ”
कार्यक्रममा सहभागी भएका तीनवटा माविहरू मध्ये नेपाल राष्ट्रिय वेजु मावि संग्रामपुर प्रथम,नारायणपुर मावि दाेश्राे र पर्सा मावि तेश्राे भएकाे थियाे । विजेता टीमहरूलाई ट्रफिक सिल्ड सहित प्रसंसा- पत्र प्रदान गरिएकाे समारोहमा कार्यक्रमका् उदेश्य,अाैचित्य र भविष्य वारे अायाेजक समाजकाे सल्लाहकार डा मनाेज साहले प्रकाश पार्नु भएकाे थियो भनेे छिमेकी हरिपुरवा नपाकाे युवा तथा समाजसेवी डा विरेन्द्र यादवले यश किसिमका कार्यक्रमलाई खुलेर प्रशंसा गरेकाे थियोे ।
पर्सा गापा वडा नं-३ काे अध्यक्ष रघुनाथ साहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गापा स्तरीय शिक्षक महासँघकाे अध्यक्ष रामेश्वर प्रसाद यादव, महिला नेतृ मन्जु साह संचारकर्मी विवेक यादव,लगायत अन्य लव्ध प्रतिष्ठित व्यक्तित्वहरूकाे उपस्थिति रहेका थियोे ।
Discussion about this post