नवराजपुर गापाले गरे अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान 

147
VIEWS

एस कुमार

सिरहा/ १५ फाल्गुन

सिरहाको नवराजपुर गाउँपालिकाले आज कराते अन्तरास्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । सिरहा सुखिपुर न. पा.का कराते खेलाडी श्री किशुन साहलाई एक कार्यक्रम बीच गापा अध्यक्ष शिवउदगार यादव र प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले सम्मान गरेका छन ।  खेलाडी साहले दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगितामा नेपालको तर्फबाट छनौट भई खेल्न जान लागेका हुन । खेलाडी साहले हालसालै बाङ्लादेशमा भएको चौथो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा रजत पदक हासिल गरेका हुन ।  गापाले खेलाडी साहलाई स्वागत, शुभकामना तथा अग्रिम बधाई दिदै प्रोत्साहन स्वरुप आर्थिक सहयोग समेत गरे ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार