जीबछ उदासी
उहाँहरु हुनुहुन्छ, विश्वनाथ साह र सिता पोखरेल । कम्युनिष्ट आन्दोलनमा होमिएका श्रीमान श्रीमतिको जोडी । कम्युनिष्ट विचारलाई व्यवहारमै उतार्ने प्रणका साथ अघि बढ्दै परिवर्तन अरुलाई उपदेश दिएर हुँदैन आफैंबाट सुरु गर्न अनवरत रुपमा बाम आन्दोलनका आदर्श र विचारलाई व्यवहारिक रुप दिनुपर्छ भने मान्यतालाई आत्मसात गर्दै आइरहनु भएका छन् । साह नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य र पोखरेल केन्द्र कमिटि सदस्य हुनुहुन्छ । यस पटक २०७९ को संघको चुनावमा सिरहा- ३ बाट प्रतिनिधि सभामा ११३४ मतले पराजित हुनुभयो । उहाँ शान्ति तथा पुर्ननिर्माण मन्त्री समेत रहनु भएको थियो । जय र पराजयलाई समान्य रुपमा लिनुहुने साह र पोखरेल दम्पतिको अन्तरजातीय विवाहले यतिबेला मधेशमा सनसनी रुपमा बढिरहेको दाइजो प्रथा रोक्न सन्देस हुनुपर्दथ्यो । दाइजो मुक्त अभियानले गति लिनुपर्दथ्यो तर त्यसो नहुनुले समाजमा शिक्षा र चेतनाको स्तर बढ्नुपर्नेमा विकृति मौलाएको नेता साहले बताउनुहुन्छ । कसरी सिता पोखरेल र विश्वाथ साहको विवाह भएको थियो ? यसबारे चर्चा गर्नु अझैपनि उतिकै सन्देसमुलक होला भनेर यहा चर्चा गर्न गइरहेको छु ।
म प्रेस सेन्टरमा आवद्ध भएको नाताले उहाँसँग कैयो पटक भेटघाट भइरहन्छ । जिल्लावासी भएको नाताले अन्य दलका नेताहरु जस्तै उहाँसँग पनि चिरपरिचित निकै पहिलेदेखि नै थियो । संयोगले एक दिन उहाँसँग नेकपा माओवादी लहान नगरकमिटिको अध्यक्ष हेमन्त कुमार यादवसँग उहाँकै निवास गोलबजार आधारशिला तीनै जना मात्रै भएको बेलामा समसामयिक विषयहरुमा निकै कुरा हुने क्रममा मधेशमा सनसनी रुपमा फैलिरहेको दाइजोप्रथाको विषयमा यसो चर्चा चलिरह्ँदा एक पत्रकार भएकै कारणले मैले जिज्ञासा राख्न थाले दाई तपाई र सिता भाउजुको विवाहको साइत कसरी जुरयो । एक अन्तरजातीय अर्को विना दाइजो ? यसबारे बताइ दिनुस् न । नेता साहको शालिन स्वभाव मिठो बोली क्रान्तिकरी विचार रहेको चर्चा मैले निकै पहिलेदेखि अनुभव गरेका थिएँ ।
नेता साह सुरुदेखि यसरी प्रष्टयाउँदै जानुभयो म टक्क लगाएर सुनिरहे बीचबीचमा जिज्ञासा राखिरहे । उहाँले सुनाउनुभयो-२०५३ साल बैशाख २५ गते तनहुँ जिल्ला डुम्रे नाहाला घर भएकी सिता पोखरेलसँग बिना तडक भडक २६ जना बसमा जयन्ती (बारात) गएर ४ घण्टाको औपचारिक विवाह सभामा विवाह गरेर फर्केको नेता साहले सुनाउनुभयो । ३८ वर्षको उमेरमा विना दाइजो अन्तरजातीय विवाह गरेका थिए । आफ्नो आफ्नो पक्षको लुगा कपडा आफै खरिद गरेका थियौ । मधेशमा त्यतिबेला नै यादव,महतो,कलवार,तेली,सुडी लगायतका मधेसी समाजमा दाइजो विकृति भित्री सकेको थियो । अन्तरजातीय विवाह गर्नेलाई सामाजिक वहिष्कार गर्ने जातीय माइनजनहरुको कडा उर्दी लाग्थ्यो । सर्वत चिया खाएर विवाह गरेर फर्किनुलाई सामाजिक विरोधको सामना गर्नुपर्ने चुनौती थियो ।
विवाहमा जयन्ती राम कुमार यादव राम रिझन यादव साहित्यकार घनश्याम पौडेल,हरिगोबिन्द लुइटेल,श्याम श्रेष्ठ लिलामणि पोखरेल र शशि श्रेष्ठ समेत सहभागी हुनु भएको स्मरण गर्दै नेता साहले भन्नुभयो,’ युग परिवर्तन अरुबाट होइन,आफैबाट हुन्छ भने मान्यतालाई व्यवसरमै उतार्दा उतार्दै ६७ वर्षमा पुगेका छौ । तर,समाजबाट न दाइजो हट्यो न जाति विभेद निर्मूल भयो न कम्युनिष्ट सिद्दान्त व्यवहारमा लागु भयो ।’ कम्युनिष्ट विचारमा आएको स्खलनले कम्युनिष्टहरुले सोचेको समाजवाद आउने कुरामा शंका भएपनि परिवर्तनकारी क्रान्तिकारीहरु संगठित भएर संघर्षको मोर्चा छोड्न नहुने उहाँले तर्क गर्नुभयो ।
सितापोखरेल विश्वनाथ साह,लक्ष्मी अधिकरी र राम रिझन र धर्मनाथ प्रसाद यादव मधेसको सामाजिक सांस्कृतिक परिवर्तनको लागि जिउँदो इतिहास रहेको छ । जसले जीवनमा लिएका विचारहरुलाई व्यवहारमा उतार्न सहासिक निर्णयमा अटल रहे । उहाँहरु भन्दा आगाडिका पुस्तकहरुमा जय गोविन्द साह,सुर्यनाथ राम यादव ,रामवृक्ष यादव मास्टर सहाव चन्द्रशेखर लाल कर्णको जीवनबाट पनि परिवर्तनका सन्देसहरु नयाँ पुस्ताको लागि प्रेरणा भएपनि पुरानो र जीवित इतिहासलाई वेवास्ता गर्नु चिन्ताको बिषय बनिरहेको छ ।
जीवछ उदासी
लहान,फागुन ९ गते ।
Discussion about this post