रामरिझन यादब
बहुदलीय व्यबस्थामा सबै थोक राजनीतिक पार्टीको नै हुन्छ भन्ने कुरा होइन । यदि भएको भए विश्वका यी तीन विद्वान कहिले कुनै राजनीतिक पार्टीमा लागेन तर भारत जस्तो देशको राष्ट्रपति भए भन्ने हेक्का सम्बन्धित पक्षलाई होस । निसन्देह भारतका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसाद भारतीय राष्टृय काग्रेसका सदस्य थिए । तर, तत्पश्चात बनाइएका प्राडा सर्पली राधाकृष्णन तथा प्राडा जाकिर हुसैन केवल शिक्षाविद मात्रै थिए भने केही वर्ष पहिले देहान्त भएका मिसाइल म्यानको नामले चिनिने प्राडा एपिजे अब्दूल कलामको त राजनीतिसङ्ग दूर दूरको रिस्ता थिएन ।तर पनि उनीहरू भारतको सर्बोच्च पदमा पुगे । भर्खरै वितेका प्राडा मथुरा प्र श्रेष्ठ हाम्रो नेपालको सर्पली राधाकृष्णन तथा जाकिर हुसैन वा अब्दूल कलाम नै थिए भन्नु पर्दा कुनै अतिशयोक्ति नहोला । विषयगत रूपमा डा भगवान कोइरालाले आफ्नो गुरूप्रति श्रद्धान्जली दिदै community medicine मा उनले देश तथा विदेशमा आर्जन गरेको ख्यातिको वर्णन गरेका छन । त्यस्तै अन्यमा देवेन्द्रराज पण्डे, कृष्ण पहाडी, डा सन्दूक रूइत, डा भगवान कोइराला, सिके लाल, खगेन्द्र सग्रौला, श्याम श्रेष्ठ, प्राडा लोकराज बराल, केदारबक्त माथेमा, जस्ता व्यक्तिहरू हामीसङ्ग हुदाहुदै पनि पार्टीगत सोचमात्र हावी भएकोले दुख लागेको छ । जुन दिन राजा ग्यानेन्द्रले घोक्रेट्याक लगाएका थिए त्यो दिन यी राजनीतिबाजहरूलाई नागरिक समाजको आवश्यकता परेको थियो । तर आज डाडूपन्यू हातमा आएपछि पार्टीकरणले जुन पराकाष्टा नाघेको छ त्यो भर्त्सना योग्य छ ।
Discussion about this post