राजा महेन्द्रले बिपीलाई वर्षौ वर्षसम्म रूलाए: रामरिझन यादव

16
VIEWS

रामरिझन यादब

राजा भए पनि त्रीभूवनलाई आफ्नो व्यक्तिगत खर्च धान्न धौ धौ परेको थियो ।एउटा कपडा सिलाउन पनि प्रधानमन्त्रीलाई गुहार्नु पर्ने हुन्थ्यो । एक पटक उनले शूट सिलाउन 40 हजार (त्यतिबेला नेपालमा भारू नै चल्थ्यो ) माग गरे। राणा प्रम चन्द्र्शम्सेरले 10 हजार पठाए । चुरोट खादै उनले रूपैयाको मुठ्ठो जलाई दिए । यो कुरा छोरा सिहशम्सेरले चन्द्रशम्सेरकहा जाहेर गरेपछि बल्ल 40 हजार पठाए । राणाहरूबाट दुखित सामन्तवादका प्रतिक राजतन्त्रात्मक शासन प्रणालीका सर्बोच्च व्यक्ति त्रीभूवनजस्तो राजाले सन्विधान सभाको घोषणा गर्नु मामुली कुरा थिएन ।यसबाट राजतन्त्र समाप्त पनि हुन सक्थ्यो ।तर, राजालाई जवाहरलाल र विपीप्रति ठूलो विश्वास थियो । त्यसैले यो जोखिम मोलिन उनी तयार भए । तत्कालीन युवराज महेन्द्रको कतिपय हरकतलाई विपीले समर्थन गरेपछि त्रीभूवनले भन्ने गर्थे ‘ यो साह्रै निर्दयी स्वभावका व्यक्ति हुन । यसले तपाईहरूलाई धुरु धुरु रूवाउछ ‘ नभन्दै त्रीभूवन बिते र राजा महेन्द्रले बिपीलाई वर्षौ वर्षसम्म यसरी निकृष्ट ढङ्गबाट रूलाए कि त्यसले नै राजतन्त्र समाप्तिको प्रारम्भिक जग खनेकोजस्तो मलाई लाग्छ । यद्द्पि राजतन्त्र 2064 सालसम्म अविछिन्न रूपमा बाचे वा बचाइए । अहिले पनि त्यसका प्रतिनिधिपात्र को रूपमा रहेका पूर्व राजा ग्यानेन्द्र अब चूप लगाएर नबस्ने हिजोमात्र धम्कीपूर्ण उर्दी जारी गरेका छन । 2017 सालमा राजा महेन्द्र जसरी बोलेका थिए (यूट्यूवमा त्यसलाई सार्थक नेपालको आवाजमा सुन्ने हो भने ) ठीक त्यसको भावार्थ पार्टीसङ्ग सहकार्यको नाममा ग्यानेन्द्रले उग्लेका हुन । 2007 फाल्गुन 7 गते आएको प्रजातन्त्रलाई हामीले रक्षा गर्न सकेनौ । त्यो सन्सारमा नै औपनिवेशिक शासन सत्ताबाट स्वतन्त्र हुने काल थियो ) । जसले सके उ आज विश्वमा विकशित भए । उन्न्तितिर लम्कीसकेका छन ।तर , हामी अहिले पनि अविकशित देशको स्तरमा नै छौ । यसको कारण हामी बहुदलबादी पनि हौ ।तर सबैभन्दा ठूलो कारण निरन्कुश राजतत्रको हो । तर, सबैभन्दा घतलाग्दो प्रश्न के छ भने जेलमा भए पनि जसलाई जङ्गबहादुरले मासिन्या मतबालीमा वर्गीकरण गरी दास बनाउने जातमा राखेको थिए, उ आज यो देशको कार्यकारी (एक प्रकारको राजा) लिन उद्दत्त छन । ख्याल रहोस केपि शर्मा ओलीले 14 वर्ष जेल काटेका थिए । उनीमाथि पनि त्यही आरोप पन्चायती व्यवस्थाले लगाएका थिए जो रेशम चौधरीजस्तो राजनीतिक व्यक्तिमाथि सघीय लोकतान्तृक गणतन्त्रका पहरेदारहरूले लगाएका छन । किनकि काग्रेस, एमाले र माओवादी सबैलाई थाहा छ कि 7% थारू अब विजय गच्छेदार, भगवती चौधरी र अ्मनलाल मोदीको भूलभूलैयामा रहने छैनन । स्वत्तता र स्वशासनको अधिकार, जो सन्विधानको प्रस्तावनामा नै छ त्यो नलिई रेशम निस्कनुको अचित्य छैन । जुन दिन रेशम निस्किन्छ त्यो दिन काग्रेस, एमाले र माओवादीको लागि तराईमधेशमा ‘बुरे दिन की शुरूआत’ भैसकेको हुन्छ । त्यसैले डाक्टर सहावलाई भन्छु सक्दोचाडो नाउपासङ्ग एकता गर्दा सिङ्गो तराईमधेशलाई गोलबन्द पार्न सजिलो हुन्थ्यो ! पूर्व राजाले त्यतिकै मुख खोलेका होइनन । जसको पछाडि योगी र मोदी छ भन्ने हेक्का सबैलाई होस । जसरी सन्विधान सभाको घोषणा गर्दा जवाहरलालले त्रीभूवनलाई राजतन्त्र बचाईदिने वाचा गरेका थिए । ठीक त्यसरी नै हिन्दू र हिन्दू राजाको रूपमा पुनर्स्थापित गर्ने वचन ग्यानेन्द्रले पाएका छन । यद्दपि त्यो दिन र यो दिनमा आकाश जमीनको फरक छ । यति हुदा हुदै पनि के बुझ्नु पर्छ भने 2024 मा हुने भारतीय लोकसभाको निर्वाचनमा फेरिपनि भाजपाले ह्याट्रीक मारेभने भारतलाई हिन्दू राष्ट्र घोषणा गर्ने उनको कतुसित भित्री मनसायलाई पूर्ण विराम लगाउन धेरैलाई हम्मे हम्मे पर्नेछ। त्यसैले नाङ्गो भएर एमालेको केन्द्रीय समिति सदस्यको तिलान्जली दिदै प्रसाईहरू मैदानमा उतृन थालेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार