मधेश सरकारमा माओवादी सहभागी हुँदै, सुनिता उद्योग मन्त्री बन्ने

27
VIEWS

सिरहा / माघ २३, २०७९

मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो । माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको माओवादी स्रोतले जनाएको छ । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो । उनी सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार