गर्व से कहो हम मधेशी है: गजेन्द्रपथ

5
VIEWS
  • रामरिझन यादव
  • सिरहा/ माघ १०, ०७९
  • आज नेपाली राजनीतिका एक शिर्षस्थ व्यक्ति तथा मधेशका मसिहा गजेन्द्रनारायण सिहको एक्काईसौं स्मृति दिवस हो । यस अवसरमा उनको श्रद्धासुमनस्वरूप मधेशीहरूको फेसबूक भरिएका छन । यो स्वभाविक पनि हो । तर, मधेश र मधेशीलाई पहिचानको कखहरा सिकाउने ( गर्व से कहो हम मधेशी है )र त्यही गजेन्द्रपथमा लागेको हुनाले नै महान मधेश विद्रोहदेखि तीन तीनवटा आन्दोलन सम्पन्न गरेका मधेशी समुदायका दर्जनौ व्यक्तिमाथि अदालतमा मुद्दा चलिरहेको ( त्यसमध्ये मा. लक्ष्मी महतो कोइरीको मुद्दा पनि एक हो ) तथ्यलाई आजको दिन नजरअन्दाज गर्न मिल्दैन । यदि गरिन्छ भने गजेन्द्रबाबूको सपना पूरा हुदैन । अधुरै रहन्छ । तर विडम्बना के छ भने आज कैयौ दिनदेखि खस अहन्कारवादी मिडियाहरूले माननीय लक्ष्मी महतो कोइरीलाई अपराधी घोषणा गर्दा पनि मधेशवादको छाहारीमुनी सत्तास्वादमा मग्न मधेशीहरू एक शब्द पनि बोल्न सकिरहेका छैनन । के उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला तथा डा सिके राउतलाई थाहा छैन कि सन्युक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका आन्दोलनमा 2072 साल भदौ 25 गते जलेश्वरमा प्रदर्शनकारीमाथि सादा पोसाकमा रहेका प्रहरीले गोली चलाएका थिए ? जसमा रोहन चौधरी (10 कक्षाका विद्दार्थी ), रामविवेक यादव र अ्मित कापडिलाई ठहरै पारे भने अश्रुग्यास लागेकोले चापाकलमा आखा धोइरहेका वीरेन्द्र विच्छालाई टाउकोमा गोली हानी प्रहरीले मानवताविरूद्ध अपराध गरेका थिए । एक दिन पहिले जुन सादा पोसाकका प्रहरीहरूले 4 जनालाई ढालेका थिए तिनैमध्ये केहीले प्रदर्शनकारीलाई भोलिपल्ट खोजिरहदा आन्दोलनकारीहरूले चिने । यसरी चिनेपछि त्यही प्रहरीलाई आन्दोलनकारीले मारेको थियो भनेर लक्ष्मी महतोलाई अपराधी घोषणा गर्ने यो अहन्कारी मिडियालाई यादव, ठाकुर, भण्डारी, शुक्ला, राउत र महतोले जबाव दिनु पर्छ कि पर्दैन ? त्यसैले लोकतन्त्रलाई पार्टीतन्त्रमा रूपान्तरित गरेका देश र मधेशका राजनीतिबाजहरू हो -लक्ष्मी महतो मधेश र मधेशी विरोधी राजनीतिक पार्टीको सान्सद भए पनि जुन कारणले आज उनलाई अपराधी घोषणा गर्ने दुष्प्रयास भैरहेका छन त्यो मूलत: मधेशको तेस्रो आन्दोलन हो, जसको लागि महान मधेशी जनताले 6 महिनासम्म पटुका बाधेका थिए । मेचीदेखि महाकालीसम्म हुलाकी सडकमा मानव साङ्गलो बनाएर विश्वकीर्तिमान स्थापित गरेका थिए । त्यही मधेश र मधेशी जनताको रहनुमा गजेन्द्र ना सिहको पूण्यतिथिको अवसरमा उनले देखाएको मार्गलाई अनुसरण गर्ने हो भने मधेशवाद ( राष्ट्रिय राज्य ) मा विश्वास गर्ने सम्पूर्ण नेपाली एक स्वरमा भन्नु पर्छ – ‘ माननीय लक्ष्मी महतो कोइरी निर्दोष हुन, भूपू सान्सद रेशम लाल चौधरीजस्तै ।’ किनकि, यिनीहरू भूपू सान्सद र मन्त्री श्यामसुन्दर गुप्ता र महबूब आलम होइनन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार