आन्दोलनकारीहरूलाई मार्नेमाथि पनि मुद्दा चलाऊ: रामरिझन यादव

172
VIEWS

रामरिझन यादब

सिरहा /माघ ९, २०७९

सान्सद लक्ष्मी महतो कोइरीको सन्दर्भमा अहिले व्यापक हल्ला खल्ला मचाएका छन खस नेपाली भाषा मिडिया तथा मधेश बिरोधी तत्वहरूले ! यस्तै मिडियाको हल्लै हल्लाको भरमा बेकसूर रेशमलाल चौधरीलाई अनाहक र बिना कसूर गिरफ्तार गरिएको थियो र आज वर्षौदेखि जेलमा बन्द गरेका छन । जसलाई स्वयम प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीहरूले बरम्बार भेट गरेर उनी निरपराधी हुन भन्ने कुराको पुष्टि गरिसकेको छ । तर वहुनवादको चङ्गुलमा फसेको हाम्रो न्याय व्यवस्थाले कस्तो न्याय दिन्छ्न भन्ने कुरा को भण्डाफोर गर्न एउटामात्र उदाहरण प्रयाप्त छ ।एउटै केसमा फसेका पत्रकारत्रय रिशी धमला, शुभक महतो र वीरेन्द्र केएममध्ये दुईजनालाई 6 महिना जेल सजाय भयो भने रिशी धमला सात दिनमा नै रिहा भएका थिए । यसप्रकारको अत्याचार बारम्बार तराईमधेशवासीमाथि नै किन भैरहेको छ बुझी नसक्नु छ । अहिले सान्सद लक्ष्मी महतोलाई तारो बनाएको छ । म ती पत्रकार र मिडियाहाउसहरूलाई सोध्न चाहन्छु कि यस्तो कुन कसूर लक्ष्मी महतोले गरेका छन जसलेगर्दा तिमीहरू यतिको हल्ला खल्ला मचाएका छौ। तिमीहरूलाई थाहा हुनु पर्ने हो कि आज जसरी प्रधानमन्त्रीहरूले रेशमलाल चौधरीलाई निर्दोश भनिरहेका छन ठीक त्यसरी एक दिन लक्ष्मी महतोलाई पनि त्यही भन्नु पर्ने अवस्था आउनेछ । किनकि प्रहरी थमन बिकलाई मार्ने बेलामा लक्ष्मी महतो त्यहा छदै थिएनन । र, यो घट्ना त्यतिबेलाको हो जतिबेला मधेश आन्दोलन उत्कर्षमा थियो र शान्तिपूर्ण आन्दोलनकारीमाथि अन्धाधुन्द जलेश्वरमा गोली चलाउदा तीनजनालाई ठहरै पारेपछि आन्दोलनकारी पनि प्रहरीमाथि जाईलागेका थिए । जसमा असइ थमन विक घाएल भए र यही घायल अवस्थामा आक्रोशित आन्दोलनकारीले मारेको कुरा सत्य हो । यदि यस्तोमा मुद्धा चलाइन्छ भने आन्दोलनकारीहरूलाई मार्नेमाथि पनि मुद्दा चलाउन सकिन्छ कि सकिन्न ?भन्ने प्रश्नको जवाफ दिनु पर्‍यो । यदि तिमीहरूको बानीव्यहोरा यस्तै रह्यो भने फेरि पनि तराईमधेश अशान्त हुने प्रवल सम्भावना छ । किनकि जसले अफ्नो मुक्तिको लागि लडेका थिए त्यस्ता दर्जनौ युवामाथि मुद्दा लगाइएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार