संबिधानको रक्षा र थप उपलब्धीको लागि मधेसी/थारू एकता अनिवार्य: रामकुमार शर्मा

6
VIEWS

रामकुमार शर्मा

जब सम्म मधेस/थरूहट पार्टीहरु अधिकार प्राप्त गर्नुपुर्व सत्ताधारी संग एक-दुई सिट लिएर सरकारमा सहभागी भैरहन्छ मधेसी/थारू कहिल्यै अधिकार सम्पन्न हुदैन !

बिगत३० बर्षको राजनीति अनुभवले म ठोकेर भन्न सक्छु की कुनै पनि व्यक्ति जन्मजात नत इमानदार हुन्छ नत बेइमान !
हाम्रो नियत असल भए पनि खराब बाटोमा हिड्यौ भन्ने परिणाम राम्रो आउदैन ! बिगतमा स्व.गजेन्द्र नारायण सिह,मा.उपेन्द्र यादव,मा.राजेन्द्र महतो,मा.महन्त ठाकुरमा.मा. हृदयेश त्रिपाठी,मा.महेन्द्र यादव. मा.राजकिशोर यादव, मा.जय प्रकाश गुप्ता,मा.बिजय गच्छादार मा. अनिल झा,र हाल सालै मा.सिके राउत बाट शिक्षा लिन सकिन्छ !

सम्पुर्ण मधेसी नेताहरुको नियत मधेसी नागरिकको अधिकार प्राप्ती नै प्रमुख लक्ष्य भएपनि सरकारमा गैहाल्ने प्रवृत्तिको कारण चाडै अलोकप्रिय हुने र पार्टी को बिभाजन बेहोर्नूपर्ने कटु यथार्थ हाम्रो सामुन्ने छ ! तसर्थ को इमानदार र को बेइमान को बहस भन्दा यो आवश्यक छ कि बिगतमा मधेसको आन्दोलनकारीहरुले हिडेका जुन मार्गबाट सफलता प्राप्त भयो ,जुन मार्गबाट हिड्दा एकता प्राप्त भयो, जुन मार्गबाट हिड्दा राज्य झुक्न बाध्य भयो,त्यो बाटो नै मधेसी नागरिकको अधिकार प्राप्तीको लागि सही बाटो हो भनेर स्वीकार गर्नू नै बुद्धिमानी हुन्छ !यसमानेमा म ठोकेर भन्न सक्छु की अहिले जसरी मधेसी पार्टीलाई हेला एंव हिन भावनाले व्यबहार गरिदै छ त्यसको मुख्य कारण बिभाजित भएर चुनाव लड्नु ,कमजोर भएर आउनु र अधिकार भन्दा सरकार तीरको आकर्षण बढी हुनुले नै हो !

इतिहासको अध्ययन र प्रमाणिक तथ्यको आधारमा मेरो सुझाव छ भन्ने, सरकारमा जहिले पनि जान सकिन्छ, अहिलेको भन्दा राम्रो इज्जतको साथ जान सकिन्छ ! तर एक पटक मधेसी /थारु पार्टीहरू बिचमा एकता वा सयुक्त मार्चा गरेर सडक सघर्षको बाटो रोजौ ! राज्यले मधेसी /थारू संग गरेका सम्पुर्ण समझौता कार्यान्वयनको लागि निर्णायक सघर्षको बाटो अबलम्बन गरौ ! यो सघर्षले मधेसी /थारुलाई मात्रै कल्याण गर्देन ,नेपालको लोकतान्त्रिक व्यबस्थालाई नै नया उचाई प्रदान गर्न सक्छ ! यो अभियान अगाडी बढदा मेरो बिश्वास छ यसको पछाडी नया एंव समृद्धी नेपाल बनाउनु चाहने सबैको सहयोग समर्थन अवश्य प्राप्त हुनेछ ! यस प्रकारको क्रान्तिकारी सोच र चिनंतनले मात्रै सहिदको सपना पुरा गर्न सकिन्छ !!

( रामकुमार शर्माको वालबाट)

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार