गुलामी मानसिकता नै औपनिवेशीकरणको हतियार: रामरिझन यादव

6
VIEWS

रामरिझन यादब

पौष ३०, २०७९

मनुस्मृतिमाथि प्रवचन दिदै ओशोले भनेका छन – ‘नेपाल कहिले पनि कुनै उपनिवेशवादको गुलाम बनेन तर पनि उसको अवस्था भारतको गुलामीभन्दा कहिले बेहतर हुन सकेन ।’ अर्थात शाहवन्सीय राजाहरू(पृथ्वीनाराणदेखि राजेन्द्र्विक्रम) तत्पश्चात राणाकाल रहदा भारत 560 रियासत(एकप्रकारको राजतन्त्र) मा विभाजित थियो । यसको अर्थ यो हो कि गुलामी मानसिकता नै औपनिवेशीकरणको हतियार हो । त्यसैले भारत प्रत्यक्षत: अङ्र्ग्रेज उपनिवेश द्वारा शाशित थिए भने नेपाल अप्रत्यक्ष रूपमा त्यसको हतियार थियो । होइन भने सन 1857 को महान विद्रोहलाई ( भारतीय स्वतन्त्रता सग्रामको पहिलो विद्रोह जसमा विरङ्गना रानी लक्ष्मीबाईको वीरता विश्व प्रशिद्ध छ )एउटा स्वतन्त्र, अविभाज्य र सार्वभौम राष्ट्रले त्यसलाई दबाउन आफ्नो पल्टन नै पठाउने थिएन । त्यसैले त कार्ल मार्क्सले जङ्गबहादुरलाई अग्रेजको दलाल भनेका थिए । त्यो गुलामी मानसिकता जङ्गवहादुरदेखि प्रचण्डसम्म देखिन्छ । किनकि औपनिवेशिकता दुई प्रकारको हुन्छ – एउटा बाह्रय र दोस्रो आन्तरिक ! क मोहनविक्रम सिहको शब्दमा नेपाल अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक छ । अर्थात अङ्ग्रेजपश्चात पनि नेपाल पूर्ण स्वतन्त्र हुन सकेको छैन । यसको सङ्गसङै आन्तरिक औपनिवेशीकरणले कतिसम्म गाजेको छ भने रघुविर महासेठलाई पार्टीको ह्विप मान्नुपर्ने बाध्यता छ भने सान्सद योगेन्द्र मण्डलमा गुलामी मनसिकता ले यसरी वर्चश्व स्थापित गरेको छ कि उनलाई थाहा नै छैन कि आन्तरिक औपनिवेशीकरणको मारमा सबैभन्दा बढी प्रभावित तराईमधेशको सुदूरपूर्व र सुदूरपश्चिम छ । ज्वलन्त उदाहरण अर्को पनि छ । विमलेद्र निधिदेखि नारायणकाजी श्रेष्ठसम्मले आफ्नो मातृभाषामा शपथ नलिनु त्यो गुलामी मानसिकताको अवशेष हो । किनकि सन्सद भनेको कफी खाने ठाउ होइन, यो अधिकार माग्ने थलो हो ।र, सबैभन्दा बढी त्यो अधिकार जसको कारण वर्षौदेखि उ अपहेलित छ । अर्थात मनुस्मृतिमा उल्लेखित ब्राह्मणवाद ! यही ब्रह्मणवादको नौलो सन्स्कारण बहुजातीय, बहुभाषिक, बहुसान्स्कृतिक तथा बहुधार्मिक मुलुकमा सन्विधानत: अधिकार पाए पनि एउटा भाषा र भेषमा सार्वभौम सान्सदमा शपथको लागि आमुक पार्टीले उर्दी जारी गर्नु आन्तरिक औपनिवेशिकतावाद हो । काश ! मातृकाले आज चुनाव जितेको भए !

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार