राजनीति राज्यलाई नीति नियम अनुरूप हाक्ने सिद्धान्त

4
VIEWS

रामरिझन यादव

राजनीति मुख्यत: राज्यलाई नीति नियम अनुरूप हाक्ने सिद्धान्त हो । सत्ता त्यसको एउटा अवयव ( हिस्सा) हो ।तर अहिले सत्ता त्यसको भाग होइन, प्राप्तिको मुख्य सिद्धान्त बनेको छ । त्यसैले प्रथम पटक प्रधानमन्त्री हुदा दक्षिणपन्थी भरतीय प्रम अटलविहारी बाजपेयीले पदभन्दा पनि सिद्धान्तलाई मान्यता दिएकोमा उनले विश्वासको मत प्राप्त गर्न सकेनन ।यद्द्पि उनले भनेका थिए ‘ मण्डी मे माल तैयार था मगर मैने खरिदना उचित नही सम्झा ।’ तर दुई पटक प्रधानमन्त्रीको पद पड्काई सकेका क प्रचण्डमा त्यो दक्षिणपन्थी प्रधानमन्त्रीले बोकेको इमान्दारिता र धैर्यता देखिएन। कतिसम्म भने जुन सामन्तवादको विनासको लागि उनले दस वर्षसम्म नौलो जनवादी क्रान्ति ( जनयुद्ध) गरेका थिए त्यसको मर्म र भावनालाई पटक्कै विर्सेकोले आज बाध्य भएर मैले भन्नै पर्ने हुन्छ – ’17 हजारले बलिबेदी दिए पनि वाहुनवादको मूलभूत अन्श यद्दावधि उनीमा कायम छ ।’ त्यसैले त सत्ता प्राप्तिको लागि उनले शोषित पीडित र हजारौ हजार वर्षदेखि अपहेलित नेपालीहरूसङ्ग गरेको एकपछि अर्को वाचा तोड्दै सामन्तवादका पुजारी राजतन्त्रको शरणमा पुगेका छन । जसले वाहुनवाद मार्फत सयौ वर्ष नेपालमा राज्य गरे र नेपाल र नेपाललाई निर्धन बनाए । चुनबाङ्ग बैठकभन्दा पहिले क प्रचण्डमा सुसुप्त अवस्थामा रहेको त्यो राजतन्त्रको ( त्यतिबेला सन्वैधानिक राजतन्त्र मान्ने सम्मको कुरा चर्चामा आएको )मोह अहिले बल्ल अन्कुरित भएको छ । भौगोलिक एकीकरण र राज्यविस्तारलाई राष्ट्रिय एकीकरणको थेगो सामन्तवादको लागि नौलो होइन । वर्षौ पूरानो उनको यो नीति र सिद्धान्त रहदै आएको छ । किनकि, उनीहरूले शोषितपीडित जातजातिलाई प्रजा र रैति मान्दछन, राष्ट्र मान्दैन्। तर हामी शोषित पीडित मधेशी, आदिवासीजनजाती, दलित तथा पिछडिएको वर्ग र क्षेत्रको जनता आफूलाई राष्ट्रको रूपमा परिभाषित गर्छौ । स्थापित गर्न चाहन्छौ । सामान हकको वकालत गर्छौ । सङ्हीय लोकतान्त्रिक गणतान्तृक नेपालमा नागरिकभन्दा पनि एक तह उच्चो राष्ट्र कहलाउन मन पराउछौ । तर, सामन्तबाद र वाहुनवादका पृष्टपोषकहरूले हामीलाई त्यो हैसियत दिन रूचाउदैन । मधेश र मधेशी सुन्न वित्तिकै उसको कन्चट रातो पिडो हुन्छ । नेवा, मगरात, तमुवान, ताम्सालिङ्गजस्तो राष्ट्रियता बोकेको भाष्यलाई जातियतामा रूपान्तरित गर्न बेर लगाउदैन । फरक यति हो । त्यसैले पृथ्वीनारायण शाह र उनका खलकहरूले शाह वन्शको जुन शासन सत्ता स्थापना गरेका थिए त्यो वाहुनवादको चारवटा आधारमा टिकेको कुरा इतिहासविद, पुरातत्वविद तथा सन्स्कृतिविद प्रयागराज शर्मा वहुन भए पनि सत्य कुरा ओकल्न बाध्य भएका छन ।ती हुन –
1 गोरखाका हिन्दू राजाको निर्विवाद शासनाधिकार र शक्ति
2 राष्ट्रिय जीवनका हिन्दू परम्परा र मूल्यमान्यताको सर्वोच्चता
3 जात विभाजनमा आधारित हिन्दू सामाजिक व्यवस्थाको माध्यमबाट सामाजिक एकीकरण
4 सरकारी, प्रशासनिक कामकाज र पच्छि आएर शिक्षामा पनि खस भाषालाई नेपाली भनेर मान्यता

यिनै कुरालाई राप्रपाले आफ्नो मूलमन्त्र बनाएर विस्तारै विस्तारै खस अहन्कारवादको युग पुनरावृत्ति गर्न खोजेको देखिन्छ जो प्रष्ट रूपमा क प्रचण्डको नौलो पहिरण ( लवेदाशुरूवाल टोपी) र आजको पुस 27 गतेको सार्वजनिक विदामा झल्किन्छ । नेकपा (माके) ले हेटौडा महाधिवेशनबाट पास गरेको एक्काइसौ शताब्दीको जनवादको यो नौलो सन्स्करण त होइन भन्ने प्रश्न गर्न मन लागेको छ । के नेपालको इतिहासमा पहिलो पटक मातृकाले गिरिजा कोइरालाको वाहुनवाद विरूद्ध लिएको मातृभाषा मैथिलीमा सपथ फगत त्यो दिखाबा थियो कि जनयुद्धले अङ्गालेको सिद्धान्त हो? त्यसो भए राष्टिय राज्य बन्नबाट राज्यच्युत गराउने खेलको प्रहसन गर्ने को हो भन्ने प्रश्न पनि सोध्न मन लागेको छ । यसमा कुनै शन्का छैन कि झुठो बोल्नु र आफ्नो दुनो सोझ्याउनमा क प्रचण्डले विद्दावारिधि गरेका छन । उनले यस विधामा प्राप्त गरेको ग्यान र शीप अतुलनीय छ, जसलाई समकालीन नेपालमा केपि शर्माओलिले पनि भेट्न सक्दैन । हिजो रोष्टममा उभेर उनले आफ्नो पहिरण सम्बन्धमा जुन स्पष्टिकरण दिइरहेका थिए त्यसलाई शहिदहरूले कहिल्यै माफ गर्ने छैनन । उनले जे बोले त्यो जनयुद्धका शहिदहरूलाई गाली गरेको सरह हो । लण्डन स्कूल अफ इकोनोमिक्स का तात्कालीन प्राध्यापक फ्रेडरिक हायकले आफ्नो पुस्तक ‘दास सत्तातिरको मार्ग’ मा लेखेका छन ‘ योजनामा आधारित अर्थतन्त्र भएको लोकतान्त्रिक समाजवादी सत्ताहरूमा खराव मानिस कुर्सीमा पुगेपछि दक्ष व्यक्तिहरू राजनीति गर्न रूचाउदैनन । किनकि चुनाव लड्नेहरूले जसले जे सुन्न चाहियो, त्यही भनिदिन्छन र जसले जे गर्न चाह्यो त्यही गरिदिन्छन र चुनाव जित्छन्। क प्रच्ण्डले बोल्दा बोल्दै के बोले भने सबै दौरासुरूबाल टोपीधरीहरू जिते र जसले लगाएनन उनी हारे । उनको इसारा रवि लामिछाने तर्फ थियो जो सरासर गलत हो । किनकि त्यही जनताले उनलाई जिताएको इतिहास उनले बिर्से ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार