साहासिक महिला नेतृ देबझारी यादव अस्पताल भर्ना

22
VIEWS
  • २६ पौष, २०७९/सिरहा

कमला र बलान पूल निर्माणका लागि आजभन्दा 6 वर्ष पहिले जुन नेतृले महिलाहरूको नेतृत्व गर्दै सिरहाको महाविर चोकमा अनसन बसेकी थिइन त्यही महिला नेतृ देवझारी यादव आजैको दिन वर्निग्ग केसमा परेकी छन । उनको दुइटा हात जलेको छ । ढाडमा पनि आगोले छोएको देखिन्छ । चिकित्सक अनुसार 13% शरीर जलेको छ । उनको उपचार सिरहा प्रादेशिक अस्पतालमा भैरहेको छ । सुब्बाऔरही निवासी देवझारी त्यस गाउको इतिहासमा दोस्रो महिला हुन जसले सामन्तबादका नायके वृजलाल सुव्वा खलकसङ्ग मुखामुख गर्ने हिम्मत गरेकी थिइन, जतिबेला सुरेशचन्द्र दास त्यस क्षेत्रका सान्सद थिए । एउटा महिलासन्ङ्ग सान्सदको अपमानजनक व्यवहारको सन्दर्भमा समाचार प्रकाशन पनि भएको थियो । यसरी औरहीमा महिला र पुरूषमा झगडा भएको हुन सक्छ । श्रीमान र श्रीमतीको झगडा हुनु सामान्य कुरा हो । तर कुनै राजनीतिक कारणले व्यवस्थापिका सन्सदको एउटा सान्सदसङ्ग चुनौतिपूर्ण ढङ्गले कुरा गर्नु औरहीमात्र होइन, प्राय: मधेशी ग्रामीण भेकमा महिलाको हकमा असम्भवजस्तै कुरा हो । तर देवझारीले त्यो हिम्मत गरेर महिला मुक्तिको प्रश्नलाई यसरी स्थापित गरिन कि आज यो कथा लेख्न म बाध्य भएको छु । योभन्दा पहिले राणाकालमा जमिन्दार वृजलाल सुब्बाले एउटा महिलासङ्ग दुर्व्यवहार गर्न खोज्दा उनले शारीरिक सम्बन्ध राख्न नमानेकोमा उनको स्तन काटिएको थियो । यसरी दुर्व्यवहारले पराकाष्टा नाघेपछि त्यो विराङ्गना महिलाले आफ्नो विलौना लिएर श्री 3 महाराज चन्दशम्सेर कहा पुगेकी थिइन । शायद त्यसैले होला जमिन्दार वृजलाललाई सर्बस्व हरणसहित देश निकाला गरियो । जालेगर्दा उनी कङ्गाल भए । मैले देबझारी यादवसङ्ग यो प्रसङ्ग किन जोड्न खोजेको छु भने करिव 100 वर्षको इतिहासमा देवझारी बाहेक त्यस्तो कोही पनि अर्को महिला औरहीमा जन्मिनन जसले सामन्तबादको बिरूद्धमा खुलेयाम चुनौती दिन सकोस । उनको यही हिम्मतिलो व्यवहार र विद्रोही स्वभावको कारण दुई वर्ष पहिले भएको स्कूल व्यवस्थापन समितिको सकसपूर्ण निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएकी थिइन । तर कुलङ्गारहरूले उनलाई अध्यक्ष नबनाई मनोनित सद्स्यलाई त्यो कार्यभार सुम्पेर घृष्ट्ता गरे । किनकि, उनी महिला हुन । त्यतिमात्र होइन, गाउपालिकाको लागि योग्य हुदाहुदै पनि टिकट दिएनन । आज तिनै हिम्मतिला महिला आगोमा पोल्दा राजनीतिलाई सेवाभन्दा पेवा र मेबा बनाएकाहरू देवझारीको यो अवस्थावाट बेखबर भएको स्वाङ्ग रच्दै औरही चोकमा पान चबाइरहेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार