स्थानीय सरकारमा युवा नेतृत्व फलदायी

16
VIEWS

राजेन्द्र यादव
पर्सा,सर्लाही
२६ पाैष २०७९ । संघियता लागू भए देखि मुलुककाे राजनीतिमा युवाहरूकाे सकृयता वढदाे अवस्थामा देखिन्छ ।स्थानीय देखि केन्द्र सम्मकाे राजनितीमा युवाहरूको हस्ताक्षेपकारी भूमिका जनअपेक्षित नै वुझिन्छ । यसैकाे उदाहरण हाे भर्खर स्थानीय देखि केन्द्रीय सरकारमा युवाहरू जिम्मेवारी भूमिकामा निर्वाचित भएका छन ।
यसकाे स्पष्ट उदाहरण सर्लाही जिल्लामा २० वटा स्थानीय निकायहरू मध्ये दुईवटा गापामा अन्डर ३० वर्षे युवाहरू अध्यक्ष पदमा निर्वाचित भई सर्वाेपरी विकासमा अहिले कृयाशिल रहेकाेवाट देखिन्छ ।
रामनगर गापामा राजावावु यादव र पर्सा गापामा धिरेन्द्र यादव (विसपत) उमेरकाे हिसाबले सवै भन्दा कान्छाे अध्यक्षहरू हुन । उमेरमा कान्छाे भएपनि काम,साेच र याेजनामा उनिहरू अव्वल देखिन्छ ।
गुणस्तरीय तथा जीवनउपयाेगी शिक्षाकाे निमित्त सामुदायिक विधालयहरूमा व्यापक सुधारकाे याेजना लगायत,
– कृषि,स्वास्थ्य,युवा राेजगार लगायत महिला विकासका लागि याेजनाहरू अगाडि सारेका सुनाउदै रामनगर गापा अध्यक्ष राजावावु भन्नु हुन्छ”- अभिभावक जनचेतना,स्वयमसेवक शिक्षक भर्ना लगायत विधालयकाे भाैतिकपुर्वाधार सुधार तथा निर्माण कार्यमा अगाडि वढिरहेकाे छु । ”
यता पर्सा गापा अध्यक्ष यादव पृष्ठभूमिले ईन्जिनियर भएकाे र जनताका जनजीवनसँग जाेडिएका सवालहरूमा व्यापक याेजनाहरू अगाडि सारेका छन ।
– नमूना विधालय स्थापना
– कृषि विधुतीकरण र कृषि सडक निर्माण कार्य,
– धार्मिक पर्यटकीय क्षेत्रहरूकाे पहिचान र प्रवद्वर्न कार्यक्रम,
– युवा राेजगार,महिला विकास कार्यक्रम अादि । माथि उल्लेखित याेजनाहरू त नमूना मात्र भएकाे र यसकाे अलावा स्थानीय निकायवाट प्रदत्त सेवाहरू जनतालाई सहजरूपमा उपलब्ध गराउने यी दुई अध्यक्ष मध्ये राजावावु माननीय शिवपुजन राय यादवकाे जेठाे पुत्र हुन भने धिरेन्द्र काँग्रेस नेता स्वर्गिय रामसेवक राय यादवकाे (अाेभरसियर साहेव) कान्छाे पुत्र हुन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार