सबैभन्दा ठूलो संसदीय खेलाडी प्रचण्ड

53
VIEWS

* रामरिझन यादव

सन्सदीय व्यवस्था व सन्सदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलोको रूपमा चित्रण गर्दै जीवनका अधिकान्स हिस्सा बिताएका क प्रचण्ड आजको मितिमा सबैभन्दा ठूलो सन्सदीय खेलाडी बन्न पुगेका छन । उनको बिना यो सन्सदीय व्यवस्थाले एकछिन पनि बिट मार्न सक्दैन । राष्ट्रको मुख्य शक्तिकेन्द्र र पद प्रधानमन्त्री, राष्ट्र्पति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसम्म्को केन्द्र्बिन्दू क प्रचण्ड हो । किनकि तेस्रो पार्टीको हैसियत बनाएका माओवादी ( सङ्हीयसभा 32+15 = 47 र प्रदेशसभा 83 सिट ) विना जतिसुकै जोड्घटाउ र गुणाभाग गरेपनि न काग्रेस न एमाले कसैले पनि सरकार बनाउन सक्दैन । न राष्ट्र्पति निर्वाचन गर्न सक्छ न 6 वटा प्रदेश( मधेश प्रदेश वाहेक) मा सरकार गठन गर्न सक्छन्। तर विडम्वना के छ भने सत्ता र शक्तिका सबैभन्दा ठूलो खेलाडी नेपाली काग्रेस बहुमतको छेउछाउ नपुगे पनि आफू सबैभन्दा ठूलो पार्टीको हौवा देखाएर प्रधानमन्त्री र राष्ट्रपति दुइटै पद पडकाउने दाउमा छन जो गठबन्धनको कदापि चरित्र होइन । केन्द्रीय कार्यसम्पादन समितिबाट काग्रेसले सहिष्णु बन्दै प्रधानमन्त्री वा राष्ट्रपतिमात्र लिने कुरा पास गरेको भए उसले गठबन्धन प्रणालीको मर्म र भावनालाई कदर गरेको बुझिन्थ्यो । वास्तवमा क प्रचण्ड बम्केको हो त्यसैकारणले हो । किनकि प्रधानमन्त्रीमात्र होइन, राष्ट्रपति पदको निर्वाचनको लागि 7 हजार 6 सय 97 मतभारका मालिक क प्रचण्ड बिना कसैले टसमस नै गर्न पाउदैन । एमाले र काग्रेस नै मिल्यो भने कुरा अर्कै हो जो तत्काल सम्भव देखिन्न ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार