चुनावी परिणाम : न कसैको हार, न कसैको जित, विचित्रको सन्तुलन र सुखद संक्रमण

12
VIEWS

डम्बर खतिवडा

काठमाडौं । निर्वाचन परिणाम लगभग प्राप्त भइसकेको छ। प्रतिनिधिसभातर्फ ३ निर्वाचन क्षेत्रको बाँकी छ। दोलखा, बाजुरा र स्याङजा । यी निर्वाचन क्षेत्रको परिणाम जे जस्तो आए पनि त्यो अब मात्रात्मक महत्त्वको हुन्छ, गुणात्मक हुँदैन । किनकि प्रत्यक्षतर्फ कांग्रेस र एमाले नै पहिलो र दोस्रो हुने निश्चित भइसकेको छ । ठीक उल्टो समानुपातिकतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो हुँदैछ ।

कांग्रेसको प्रत्यक्षतर्फको सिट एमालेको भन्दा केही बढी हुनु र एमालेको समानुपातिक मत कांग्रेसको भन्दा केही लाख बढी हुनुले पनि राष्ट्रिय राजनीतिमा कुनै तात्विक महत्त्वको भिन्नता आउँदैन ।

कांग्रेस–एमाले २०४६ यताको करिब ३ दशकदेखि जित्दै आएका दल हुन्। यस अघिका चुनावमा यी दलले यसपटकको भन्दा राम्रो परिणाम ल्याएका थिए । उनीहरूको अस्तित्व र शक्तिको निरन्तरता यसपटक पनि कायम भयो । यो कुनै नयाँ कुरा भएन । ३ दशकदेखि हुँदै आएकै परिणामको पुनरावृत्ति भएको मात्र हो ।

दलीय हिसाबले हेर्दा कुनै पनि पुराना दलले हारे भनेर निराश हुने वा ठूलो प्रगति गरे भनेर दङ्गदास हुने स्थिति रहेन । अलिक नियालेर सुक्ष्म तबरले हेर्ने हो भने यो चुनावमा न कसैको हार भएको छ न कसैको जित नै । न कुनै राजनीतिक एजेन्डा पुष्टि भएको छ न अस्वीकृत भएको छ । यो चुनावको परिणाम आफैँमा विचित्र प्रकारको छ । मेरो विचारमा यसलाई एक सुखद संक्रमण र सन्तुलनको परिणाम भन्न सकिन्छ ।

यसपटक कम्युनिस्टहरू दुईतिर बाँडिएका थिए । एमाले एकातिर थियो, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा अर्कोतिर थियो । नेमकिपा एक्लै थियो । कम्युनिस्टका यी कुनै पनि समूहले ल्याएको यसपटकको नतिजा नयाँ, आक्रमण, आशा जगाउने वा निराश बनाउने खालको छैन ।

यो चुनावी परिणामले ‘भूत’ लाई पनि मन्साएको छ । जस्तो कि, हामी श्राद्ध गर्दा पितृलाई पिण्ड र तर्पण गर्छौं, ठीक त्यसरी नै पश्चगामी शक्तिको पनि थोरै विकास भएको छ । राप्रपाले पाएको मत र बढोत्तरीलाई यही अर्थमा हेर्न सकिन्छ।

कांग्रेस–कम्युनिस्टले वर्तमानको अस्तित्व, यथास्थितिवादको प्रतिनिधित्व गरेकै छन् । भलै कि, यसपटक कम्युनिस्टहरू दुईतिर बाँडिएका थिए । एमाले एकातिर थियो, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा अर्कोतिर थियो । नेमकिपा एक्लै थियो ।
कम्युनिस्टका यी कुनै पनि समूहले ल्याएको यसपटकको नतिजा नयाँ, आक्रमण, आशा जगाउने वा निराश बनाउने खालको छैन ।

नेमकिपा त्यही १ सिटे पार्टी रह्यो । त्यो पनि त्यही भक्तपुरको । राष्ट्रिय जनमोर्चा १ सिटेबाट १ सिटे नै भयो । २ सिटेसम्म हुने अवसर थियो यसपटक, भएन । यो राष्ट्रिय जनमोर्चा वा नेकपा ( मसाल) भिन्नै पार्टीको अस्तित्व नै आफैंमा विचित्रको हो । यो किन र केका लागि चाहिएको हो, कसैलाई थाहा छैन ।

यसले आजसम्म कुनै ठूलो आन्दोलन, क्रान्ति वा योगदान गरेको, कुनै खास सवाललाई निरन्तर पैरवी गरेर पार लगाएको कुनै दृष्टान्त छैन । सम्भवत: यो मोहनविक्रम सिंह र चित्रबहादुर केसीको जीवनकालभरि मात्रै रहने, उनीहरूसँगै चिहानमा जाने पार्टी हो ।तसर्थ, यसको धेरै चर्चा जरुरी छैन । प्युठान हारेर वा गठबन्धनको सहारामा बागलुङमा १ सिट जितेर यसले कुनै ठूलो हार वा जित पाएको मान्न सकिन्न । गठबन्धनको सहारा नहुँदा यो प्रत्यक्षतर्फ शून्य हुने हो, समानुपातिक तर्फ थ्रेसहोल्ड काट्ने कुनै चान्स छैन ।

यो पार्टीका नेता कार्यकर्ताको जुन पृष्ठभूमि छ, जुन सोच, स्कुलिङ, आचरण र संगठनात्मक व्यवहार छ, उनीहरू माओवादीसँग मिलेर जाने सम्भावना निकै कम हुन्छ । ढिलो-चाँडो उनीहरू एमालेमै फर्किने हुन् भन्ने लाग्छ । तर, त्यसका लागि ओलीले बाटो खोलिदिनुपर्ने हुन्छ ।

जहाँसम्म नेकपा (एकीकृत समाजवादी) को कुरा छ, यसलाई धेरै भन्न जरुरी छैन । यो मेरो विचारमा दल नै बनिसकेको छैन । यो एक प्रकारले नियतिग्रस्त समूह हो । सम्भवत: नेकपा ( नेकपा) भन्ने पार्टी नबनेको, त्यहाँभित्र त्यसरी अन्तर्विरोध नचर्किएको भए यो दल एमालेबाट फुट्ने थिएन । ओली– प्रचण्डबीच ‘आधा-आधा प्रधानमन्त्री खाने’ सम्झौता माधव नेपाललाई सोधेर गरिएको थिएन, लुकाइएको थियो । पछि झगडा पनि ओली र प्रचण्डकै बीचमा चर्कियो ।

संसद् विघटनपछि अन्तर पार्टी संघर्षमा माधव कुमार नेपालले प्रचण्ड पक्षलाई साथ दिनु स्वाभाविक र आवश्यक थियो . किनकि, ओली संविधानभन्दा माथिका कुनै विधाता थिएनन् । माधव नेपालहरूले मान्दै आएको जबजको सिद्धान्तले पनि ‘संविधानको सर्वोच्चता’ भन्थ्यो । त्यो निष्ठा ओलीले छोडे, माधव नेपालले कायम राखे ।

तर, यो पार्टीका नेता कार्यकर्ताको जुन पृष्ठभूमि छ, जुन सोच, स्कुलिङ, आचरण र संगठनात्मक व्यवहार छ, उनीहरू माओवादीसँग मिलेर जाने सम्भावना निकै कम हुन्छ । ढिलो-चाँडो उनीहरू एमालेमै फर्किने हुन् भन्ने लाग्छ । तर, त्यसका लागि ओलीले बाटो खोलिदिनुपर्ने हुन्छ ।

कि त, ओली राजनीतिबाट निवृत्त हुनुपर्दछ कि त, कुनै न कुनै प्रकारको आत्मआलोचना गरेर माधव नेपाललगायतका नेतालाई फर्किने आधार तयार गरिदिनुपर्ने हुन्छ । यो कुरा तत्काल नभए पनि केही वर्षपछि अवश्य हुन्छ । तसर्थ, यो पार्टीको अस्तित्व, आकार र भविष्यबारे खासै गम्भीरतर्क वितर्क गर्न जरुरी नै छैन । यो पार्टीभन्दा पनि एक समूह हो, विचार समूह हो, परिस्थिति र नियतिले इच्छा नहुँदा नहुँदै निर्माण गरिदिएको समूह ।

ओलीको अहंकार र दम्भलाई पनि यो चुनावले अनुमोदन गरेको छैन। गत चुनावमा ८० सिट जितेको पार्टी करिब आधामा झरेको छ । यत्रो ठूलो असहजताबीच पनि पार्टी जोगियो भन्ने अर्थमा एमालेहरू खुसी छन् । तर, यो चुनावी परिणामबाट एमाले पार्टीले प्रगति गरेको वा उनीहरूका विगत पाँच वर्षका क्रियाकलापहरू अनुमोदित भएको भने मान्न सकिन्न ।

ओलीको अहंकार र दम्भलाई पनि यो चुनावले अनुमोदन गरेको छैन। गत चुनावमा ८० सिट जितेको पार्टी करिब आधामा झरेको छ । यत्रो ठूलो असहजताबीच पनि पार्टी जोगियो भन्ने अर्थमा एमालेहरू खुसी छन् । तर, यो चुनावी परिणामबाट एमाले पार्टीले प्रगति गरेको वा उनीहरूका विगत पाँच वर्षका क्रियाकलापहरू अनुमोदित भएको भने मान्न सकिन्न ।

समानुपातिक तर्फ पनि एमालेको भोट गत चुनावमा भन्दा बढ्ने कुनै संकेत छैन । गत चुनाव मै एमालेले करिब ३२ लाख अर्थात् करिब ३३ प्रतिशत भोट ल्याएको थियो । यसपटक त्यो नभेट्ने देखिन्छ । यसअर्थमा यो एमालेको पनि कुनै जित होइन ।

जहाँसम्म माओवादीको कुरा छ, यो पनि कायम भएको छ । प्रगति छैन, बरु थोरै दूर्गति नै छ। तर, बुझ्नु पर्ने कुरा के छ भने माओवादीको वास्तविक ताकतभन्दा यो पनि धेरै नै हो । प्रत्यक्ष तर्फ यति सिट एक्लै लड्दा उसले जित्न सक्ने थिएन, १० सिटभन्दा तल नै रहनथ्यो होला । माओवादीको समानुपातिक भोट खासै घटेको छैन । गत चुनावमा त्यही करिब १३ लाख भोट ल्याएको हो । यसपटक पनि त्यसको हाराहारीमा रहने सम्भावना छ ।

एमालेभन्दा ५–१० सिट ठूलो र पहिलो पार्टी कांग्रेस हुने देखिएको छ । गत चुनावको प्रत्यक्ष तर्फको २३ सिट तुलना गर्दा कांग्रेसका लागि यो प्रगतिजस्तो देखिएला । तर, यो पनि मात्रात्मक हो, गुणात्मक हैन । कांग्रेसको इतिहाससँग तुलना गर्दा उनीहरूले यो चुनावबाट कुनै ठूलो उपलब्धि र आत्मगौरव प्राप्त गरेजस्तो लाग्दैन ।

यो चुनावभन्दा अघि कांग्रेस देशैभरि एक्लै उम्मेद्वारी दिने र प्रतिस्पर्धा गर्ने दल थियो । यसपटकदेखि उसको यो छवि बिग्रियो । भारतीय कांग्रेसको नियतिसँग तुलना गर्ने हो भने यो चुनाव नेपाली कांग्रेसको ओरालो यात्राको प्रारम्भ विन्दु हुन सक्दछ।

यो चुनावभन्दा अघि कांग्रेस देशैभरि एक्लै उम्मेद्वारी दिने र प्रतिस्पर्धा गर्ने दल थियो । यसपटकदेखि उसको यो छवि बिग्रियो । भारतीय कांग्रेसको नियतिसँग तुलना गर्ने हो भने यो चुनाव नेपाली कांग्रेसको ओरालो यात्राको प्रारम्भ विन्दु हुन सक्दछ।

भविष्यमा कांग्रेससँग एक्लै चुनाव लड्ने आत्मविश्वास बाँकि रहने हो वा हैन भन्ने प्रश्न उठ्न सक्दछ । कम्युनिस्टहरूको झगडाको व्यूहभित्र पसेर कांग्रेसले खासै ठूलो पराक्रम गरेको वा सन्तोषको सास फेर्न पाउने अवस्था आएको छैन ।

मधेस केन्द्रित भनिएका पुराना दल जसपा–लोसपा–नेसपाको चर्चा खासै प्रासंगिक छैन । कसै-कसैले भन्न खोजेजस्तो यिनीहरूको खराब प्रदर्शनले संघवाद, बहुसांस्कृतिकता, शक्ति निक्षेपण, स्वशासन, समावेशिता र सामाजिक न्यायको मुद्दा कमजोर भयो भन्न मिल्दैन । यस बीच यी दल र तिनका नेताले कुन प्रकारको फुटवाद, गुटपरस्तता र अवसरवादको अभ्यास गरेका थिए, त्यसको सजाय यिनीहरूले मतदाताबाट पाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी– यी ३ नयाँको उदय भने यो चुनावको सबैभन्दा मुख्य पक्ष हो । यी ३ दल फरक-फरक प्रदेशबाट उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी मूलतः राजधानी बाग्मती प्रदेशबाट उदाएको छ । जनमत पार्टी मधेसबाट भने नागरिक उन्मुक्ति सुदूर पश्चिम प्रदेशबाट । यसले के देखाउँछ भने नेपालको राजनीतिक भविष्यको मार्गचित्र एकांकी छैन, बहुआयामिक र बहुमुखी नै छ ।

राजधानी प्रदेशमा यति ठूलो चर्चा र उपलब्धि हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य प्रदेश त्यसमा पनि सुदूर पश्चिम र मधेसमा किन कुनै आकर्षण सिर्जना गर्न सकेन ? बरु किन त्यहाँ जनमत र नागरिक उन्मुक्ति उदाए, नयाँको खोजी त त्यहाँ पनि भयो तर फरक तरिकाले ।

औसत ७ प्रतिशतसम्म रुढीवादी शक्तिको आकार समाजमा हुन सक्छ भन्ने जहिल्यै अनुमान गर्नुपर्दछ । यो कुरालाई बुझेर, सहजतापूर्वक स्वीकार गरेर नै भविष्यको यात्रा तय हुने हो । राप्रपाले यद्यपि यो त्यो सीमारेखा छुन सकेको छैन ।

भूत, वर्तमान र भविष्यको संघर्ष, प्राकृतिक हो । भूतमुखी, पश्चगामी दलका रूपमा राप्रपाको पुनर्विस्तार भएको छ, त्यसलाई पनि धेरै नकारात्मक भएर हेर्न जरुरी छैन । यो देश लामो समय राणा, शाह र पञ्चको शासन चलेको राज्य हो । उनीहरूको पनि कुनै न कुनै प्रकारले उत्तराधिकार नयाँ पुस्तामा आइहाल्छ । त्यो कुनै अस्वाभाविक नभएर प्राकृतिक प्रवृत्ति नै हो ।

फेरि देशमा एक प्रकारको सम्वर्द्धनवादी शक्ति, रुढीवादी दल बाँकी नै छ भन्ने जोखिमको मात्राले अरु शक्तिलाई निरन्तर होसियार हुन मद्दत गर्दछ । ५–१० प्रतिशतको बीचमा रुढीवादी शक्ति संसारको जुनसुकै देशमा हुन्छ । तसर्थ, राप्रपाले केही सिट र भोट बढाउँदैमा अहिले नै लोकतन्त्र, गणतन्त्र, संघवाद, धार्मिक स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायका सवाल जोखिममा परिसके भन्ने अर्थ निकाल्न हुँदैन ।

औसत ७ प्रतिशतसम्म रुढीवादी शक्तिको आकार समाजमा हुन सक्छ भन्ने जहिल्यै अनुमान गर्नुपर्दछ । यो कुरालाई बुझेर, सहजतापूर्वक स्वीकार गरेर नै भविष्यको यात्रा तय हुने हो । राप्रपाले यद्यपि यो त्यो सीमारेखा छुन सकेको छैन ।

नयाँ आएका दलहरू विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका कस्तो हुन्छ ? त्यो अर्को महत्त्वपूर्ण पाटो हो । नयाँ दलप्रतिको जुन अपेक्षा र आकांक्षा छ, यो दल र नेतृत्वले पूरा गर्न सक्ला भन्न सकिन्न ।

कुनै पनि दललाई विश्लेषण गर्ने मुख्य तीन वटा आधार हुन्छन्– पहिलो दलको आधिकारिक राजनीतिक दस्तावेज र घोषणा पत्र । दोस्रो– नेतृत्व समूहको सहकार्य र सवलता तीन– उसको इतिहास वा उसले गर्दै आएका क्रियाकलापको ट्रयाक रेकर्ड ।
यी ३ वटै कुरामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो देखिन्न ।

यसको दस्तावेज पनि अत्यन्त औपचारिक र सामान्य छ । नेतृत्व रवि लामिछाने चिनिएको र अपिलङ क्षमता भएको व्यक्ति-व्यक्तित्वको समूह प्रकट छैन । यो एक प्रकारले ‘लुकेको दल’ हो, प्रकट भइसकेकै छैन । प्रकट भइसक्दा मानिसले यसलाई कसरी बुझ्छन्, त्यसपछि मात्रै यसको भविष्यबारे सही आँकलन गर्न सकिन्छ ।

संसदमा झन् धेरै दल आए, राजनीतिक अस्थिरता झन् धेरै बढ्ने भो भन्ने चिन्ता उपयुक्त हैन । यस्तो चिन्ता बिल्कुलै जायज छैन । सरकार टिक्ने वा नटिक्ने मानकबाट हेर्ने हो भने यहाँ राजनीतिक स्थिरता कहिले थियो र ? यो अस्थिरता भन्ने चिज हाम्रो प्रणाली, सोच र संस्कृतिसँग जोडिएको छ । दलको संख्याले यसलाई केही फरक पार्दैन ।

अहिले नै यसको भविष्य आँकलन गर्नुहुन्न, गर्न हतारो हुन्छ । सबै नयाँ दललाई शंकाको सुविधा दिनुपर्दछ । यिनले केही गर्न नसके यी सकिन्छन्, अर्को नयाँ आउँछन् । जस्तो हिजोका नयाँ विवेकशील साझा र नयाँ शक्ति सकिए । तर, कोही न कोही नयाँ त फेरि आयो । यस्तो भविष्यमा पनि हुन्छ ।

संसदमा झन् धेरै दल आए, राजनीतिक अस्थिरता झन् धेरै बढ्ने भो भन्ने चिन्ता उपयुक्त हैन । यस्तो चिन्ता बिल्कुलै जायज छैन । सरकार टिक्ने वा नटिक्ने मानकबाट हेर्ने हो भने यहाँ राजनीतिक स्थिरता कहिले थियो र ? यो अस्थिरता भन्ने चिज हाम्रो प्रणाली, सोच र संस्कृतिसँग जोडिएको छ । दलको संख्याले यसलाई केही फरक पार्दैन ।

२०१५ सालमा नेपाली कांग्रसको दुईतिहाइ थियो, स्थिरता भएन । २०४८ र २०५१ मा कांग्रेस कै बहुमत थियो, स्थिरता भएन । २०५१ मा एमाले सबैभन्दा ठूलो दल भयो, स्थिरता भएन । २०६४ मा माओवादी सबैभन्दा ठूलो दल भयो, स्थिरता भएन । गत चुनावमा कम्युनिस्ट गठबन्धनको झन्डै दुईतिहाइ आयो तर, स्थिरता भएन । अनि केको स्थिरता ? अस्थिरताको कारण नयाँ शक्तिहरूलाई बनाएर चर्चा गर्नुको म कुनै अर्थ देख्दिनँ।

स्थिरताका नाममा कसैले आफूलाई मन नपरेकोलाई भोट हाल्ला ? स्थिरताका नाममा संसदको बहुमत गुमाएर पनि सरकार रहिरहोस् भन्न सकिन्छ ? यस्ता वाइयात अपेक्षा नै किन राख्नु जसको लोकतन्त्रको अवधारणासँग कुनै सम्बन्ध छैन ।

नेपालको अनुभवले भन्छ, यहाँ कसैलाई धेरै बलियो पनि बनाउनुहुन्न । बलियो बनायो कि मात्तिन्छन् । घमण्ड र अहंकार बढ्छ । यसपालिको चुनावी परिणामले कसैलाई धेरै बलियो पनि बनाएको छैन, धेरै कमजोर पनि बनाएको छैन ।

धेरै दल भए मिलेर राम्रो काम गर्दा भो नि । धेरै हुनेबित्तिकै झगडा नै गर्नु पर्छ भन्ने छ र ? छिमेकी भारतमा २२ वटा सम्म दलले मिलेर सरकार बनाएको र संसदको कार्यकाल पूरा गरेको दृष्टान्त छ । मिलेर बाँच्न सकिन्छ, मिलेर तरक्की गर्न सकिन्छ भने मिलेर आत्महत्या गर्नुपर्छ भन्ने छ र ? मिल्नै सक्दैनन, भने नमिलुन, मध्यावधि हुन्छ । संसदीय लोकतन्त्रमा मध्यावधि चुनाव कुन ठूलो कुरा हो र ? तर अहिले नै त्यस्तो स्थिति आउला जस्तो लाग्दैन ।

यो चुनावको परिणाममा दुईवटा भाव अन्तनिर्हित छ । पहिलो– विचित्रको सन्तुलन । नेपालको अनुभवले भन्छ, यहाँ कसैलाई धेरै बलियो पनि बनाउनुहुन्न । बलियो बनायो कि मात्तिन्छन् । घमण्ड र अहंकार बढ्छ । यसपालिको चुनावी परिणामले कसैलाई धेरै बलियो पनि बनाएको छैन, धेरै कमजोर पनि बनाएको छैन ।

दोस्रो– सुखद संक्रमण । यो के भने– पुराना कमजोर पनि हुँदैछन, नयाँ उदाउँदै पनि छन् । यो राम्रो कुरा हो । शक्ति सिद्धान्तले के भन्छ भने शक्ति संरचनामा एकाएक ठूलो ग्याप वा प्रतिस्थापन भयो भने दुर्घटना हुने सम्भावना धेरै हुन्छ । जस्तो– कि तीव्र गतिको सवारीमा दुर्घटना भयो भने सुस्त गतिकोमा भन्दा क्षति धेरै हुन्छ।

यसपटकको चुनावले पुरानालाई सच्चिने अवसर पनि दिन्छ । नभए भविष्यको आधारशीला र आशा पनि खडा गर्दछ । यसैलाई मैले सुखद संक्रमण भनेको हो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार