पारिवारिक, सामाजिक र साँस्कृतिक अवसरको रुपमा बिजयादशमीलाई मनाऔं ः गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ

26
VIEWS

संजय यादव÷ सिरहा
१९ असोज, २०७९
सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले नेपालको संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो सांस्कृति, सांस्कृति सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक स्पष्ट रुपले प्रदान गरेको बताएका छन् । बिजयादशमी २०७९ को सुखद् उपलक्ष्यमा गोलबजार नगरपालिका नगरप्रमुख श्रेष्ठले शुभकामना सन्देश जारी गर्दै यस्तो भनिएको छ । शुभकामना सन्देशमा भनिएको छ,– बिजयादशमीको चाडलाई पारिवारिक, सामाजिक र सांस्कृतिक अवसरका रुपमा लिन नगरप्रमुख श्रेष्ठले अनुरोध गरेका छन् । चाडपर्व अवसरको उपयोग गर्दै सबैले स्वस्थकर आहारविहार अपनाउनु हुन र बिजयादशमीलाई उल्लासमय वातावरणमा मनाउन हुन समेत नगरप्रमुख श्रेष्ठले नगरवासीमा अनुरोध गरेका छन् । नगरप्रमुख श्रेष्ठद्वारा जारी शुभकामना सन्देशमा थप भनिएको छ,–

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको र विविधताबीचको एकता सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने परिकल्पना गरे अनुरुप नै चाडपर्व सभ्य भब्य र उल्लासमय वातावरणमा मनाउन सबैमा अनुरोध गरेका छन् । बिजयादशमी पर्व हाम्रो एक धार्मिक तथा सांस्कृतिक सम्पदा रहेको र मधेस प्रदेशमा बिजयादशमी पर्वको स्थान बिशेष र महत्वपूर्ण भएको शुभकामना सन्देशमा उल्लेख गरेकाछन् । नगरप्रमुख श्रेष्ठले दशंैले सबै नगरवासीहरुमा खुशीयाली ल्याओस, सर्बत्र शान्ति छाओस्, नगरको उन्नती र विकासको लागि सकारात्मक उर्जा प्रदान गरोस् विजयादशमीको हार्दिक शुभकामना सबै नगरवासीलाई दिएकाछन् । त्यस्तै गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले बिजयादशमीलाई सभ्य र मर्यादित तरिकाबाट उल्लासमय वातावरणमा दशैंको अवसरलाई सदुपयोग गर्दै खानपानमा बिशेष ध्यान पुर्याउनहुन अनुरोध गर्दै नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, व्यापारी, सञ्चारकर्मी, जेष्ठ नागरिक, सेवाग्राही लगायत सम्पूर्ण नगरवासीमा सुख, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार