पुस्तक बेचेर साफसुथरा राजनीतिको लागि चुनाव लड्ने: रामरिझन यादव

53
VIEWS

सिराहा, गोलबजार
१८ असोज
तराई मधेसको इतिवृती समेटिएको पुस्तक माखेसाङ्लो हालसालै प्रकाशित भएर सिरहाली बजारमा आएको छ । राजनीतिज्ञ एबं सामाजिक अभियन्ता रामरिझन यादवद्वारा लिखित पुस्तक समाजमा असल र साफसुथरा राजनीति स्थापित गर्नमा टेवा पुग्ने बताइएको छ । पुस्तकमा मुलुकमा बढ्दो भ्रष्टीकरण, बेथिती तथा अनियमितता न्यूनीकरण हुने जस्ता इतिवृति समेटिएको बताएको छ । गठबन्धन हुँदाहुँदै राष्ट्रिय राजनीति शुद्धीकरणको अभावमा बालेनहरु जन्मिनु संसदीय लोकतन्त्रको ठूलो चुनौती भएको लेखक यादवले पुस्तकमा बताइएको छ । मुलुकको राजनीतिमा विकृति मौलाउँदै गएको भान भएर आफू स्वतन्त्रबाट सिराहा क्षेत्र नं ३ प्रतिनिधि सभामा उम्मेदवारी दिने लेखकले घोषणा गरेका हुन । लेखकले आफू आचार संहिता भित्र रहेर सिराहाली जनता बीच यही किताब बिक्री वितरण गरी न्यूनतम चुनाव खर्च जोहो गर्ने समेत बताइएको छ । सिरहामा इमान्दारिताको फरक पहिचान बनाएका यादव विराटनगर स्थित सरकारी क्याम्पसको स्थाइ प्राध्यापन नोकरी पेन्सन पाक्नै लाग्दा बखत तिलाञ्जली दिएर सिरहाली जनता बीच राजनीतिमा होमिएका छन। बुद्धिजीवीहरू माझ लोकप्रिय पहचान बनाई सकेका यादव सिरहाली जनताको दिल दिमागमा स्थान बनाई सकेका यादव राजनीतिक सामाजिक क्षेत्रका एक बेदाग व्यक्तित्व हुन। सिरहाका शैक्षिक व्यक्तित्व तथा बुद्धिजीवी राम अशिष यादव भन्नु हुन्छ अहिलेको बढ्दो भ्रष्टाचार, अनियमितता, बेथिती, नातावाद कृपावाद, परिवारवादको दलदलमा फस्दै गएको विरुद्ध रामरिझन यादव एक सच्चा पात्र हुन सक्ने सिरहाली जनता महशुस गर्न थालेका छन। त्यस्तै सिरहाली जागरुक नागरिकहरु भन्नु हुन्छ हामीले धेरै नेतालाई हेर्यौं बोली अनुसारको काम गराइ बिल्कुल पाएनौं त्यसैले सिराहाली जनता विकासको लागि रामरिझनलाई हामीले रोज्ने भएका छौं, र अहिलेको परम्परावादी नेताहरुको विकल्प र युवाहरुको रोजाइ परिवर्तनको पक्षमा माहोल बन्दै गरेको अवस्था समेत बताउनु भयो । लेखक तथा पत्रकार समेत रहेका यादव मधेसको लोकप्रिय पुस्तक माखेसाङ्लो , ब्ल्याकआउट लगायत २ दर्जन जति पुस्तक लेखेका हुन। डा.बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला प्रेस सल्लाहकार रहिसकेका यादव आफूलाई स्वतन्त्रबाट उम्मेदवार बन्न रुचाएका छन । लेखक यादव ओपन हार्ट सर्जरी भई रेष्टमा रहनु भएतापनि कम्तीमा एक पटक प्रत्येक सिरहालीमतदाता बीच पुग्ने बताइएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार