नेपाल समाजवादी पार्टी सिरहा ५१ सदस्यीय गठन

164
VIEWS

सिरहा, २१ भाद्र, २०७९

डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) जिल्ला समन्वय समिति सिरहा गठन गरेको छ । समिउल्ला मियाँकोे अध्यक्षतामा ५१ सदस्यीय जिल्ला सम्वन्य समिति सिरहा गठन भएको नेसपाका जिल्ला सचिव बिक्रम महराले बताए । नेपाल समाजवादी पार्टी(नेसपा)का नेता डा.जयनारायण यादवको प्रमुख आतिथ्य तथा डा.दिलिप सदाको विशिष्ट आतिथ्यमा गठन भएको अध्यक्ष समिउल्ला मियाँले बताए । कार्यक्रमको प्रमुख अतिथि डा. यादवले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको बाटोमा हिडन सक्ने पार्टी नेपाल समाजवादी पार्टी मात्र रहेकोले नेसपामा आवद्ध हुन सबैमा अनुरोध पनि गरे ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार