प्रमुख इन्जिनियर जयकुमार नेतृत्वको बिद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्र उत्कृष्ट

76
VIEWS

संजय यादव, सिरहा
३ भाद्र , २०७९

नेपाल विद्युत प्राधिकरणले प्रमुख इन्जिनियर जयकुमार यादवले नेतृत्व गरेको नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रलाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट ठहराएका छन् । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा मिर्चैया वितरण केन्द्रले बर्ष भरी गरेको सम्पूर्ण कार्यको उच्च मूल्याङ्कन गर्दै कदर पत्र प्रदान गरी सम्मानीत गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पम्फा भुसाल, मन्त्रालयका सचिव एवं सञ्चालक समिति सदस्य सुशिल चन्द्र तिवारी तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा प्रदान गरिएको कदर पत्रमा लेखिएको छ, बिबिध चुनौतीका बाबजुद चुहावट नियन्त्रण, महसुल संकलन, औसत संकलन अवधि जस्ता सुचकहरुमा तोकिएको लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको, विधुतीय सुरक्षामा ध्यान दिई बिद्युतीय दुर्घटना कम गराएको तथा एकद्वार प्रणाली मार्फत प्रभावकारी सेवा प्रवाह गरी प्राधिकरणको वित्तीय अवस्थामा सुधार ल्याउन गरेको योगदानको उच्च मूल्यांकन गर्दै यो कदरपत्र प्रदान गरिएको छ ।

मिर्चैया वितरण केन्द्रका प्रमुख इन्जिनियर जयकुमार यादवले कदर पत्रबाट सम्मानीत भएपछि प्रमुख इन्जिनियर यादवले भने, यो कदर पत्रबाट सम्मानीत भएपछि आगामी दिनमा थप जिम्मेवार भई कार्य गर्न–गराउन प्रेरित गरेको छ । मिर्चैया वितरण केन्द्रको प्रमुख भएर आएदेखि नै अस्तब्यस्त शाखालाई व्यवस्थित गर्दै प्रमुख इन्जिनियर यादवले सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखी सेवा उपलब्ध गराउँदै आएको प्रति सेवाग्राहीहरु निक्कै नै खुसी महसुुस गर्ने गरेका छन् । मिर्चैया वितरण केन्द्रको प्रमुख भएर आएको मेरो १८ महिना भएको छ, म प्रमुख भएर मिर्चैया आँउदा चुहावट नियन्त्रण को अवस्था १७.८५ प्रतिशत रहेको थियो भने चुहावट नियन्त्रण अहिले ४.४७ मा झाड्न सफल भएको प्रमुख इन्जिनियर यादवले बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार