सहिद क. रामबृक्ष यादवप्रति २८ औ श्रद्धाञ्जली

12
VIEWS

रामलखन मण्डल
भाद्र २ गते धनुषाको बरमझियामा जन्मिनु भएका महान अमर सहिद सिङ्गो कम्यनिष्ट आन्दोलनका एक हिस्सा‚ मधेशको ताराको रुपमा चिनिने आदरनीय सहिद क. रामवृक्ष मास्टर साहेबको आज २८ ‌औ सहादत दिवस हो । जो आजकै दिन देशभरी कार्यक्रम गरी श्रध्दाज्जली दिवस मनाउने गरिन्छ ।
स्मरण रहोस क. रामवृक्ष यादवको एकलो छोरा क. शेखर यादव, छोरी जुवाई क. डम्बर यादवको जनयुध्दको क्रममा सहादत प्राप्त भएको थियो भने वहाँको धर्मपत्नी तथा संविधान सभा सदस्य क. रामकुमारी यादवको ग्यास सिलिन्डर विस्फोटमा परी मृत्यु भएको थियो । आज वहाँको सन्तानको रुपमा ४ जना छोरीहरु हुनुहुन्छ । अहिले पनि वहाँको दुई जना छोरीहरु पार्टीको नेतृत्व पंङ्गतीमा हुनुहुन्छ । वहाँको छोरी क. बोधमाया कुमारी यादव हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्य मन्त्री हुनुहुन्छ । क. रामवृक्ष यादवको जुवाई, राज्य मन्त्री क. बोधमाया कुमारी यादवज्यूको श्रीमान् क. रामकुमार यादव नेकपा माओवादी (केन्द्र) पार्टीको नेतृत्व पंङ्गतीमा हुनुहुन्छ । क. रामवृक्ष यादव, क. शेखर यादव, क. रामकुमारी यादव र क. डम्बर यादव सहित देशभरीका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रध्याज्जली अर्पण गर्दछु ।
विर सहिद क. रामवृक्ष यादव जिल्ला धनुषा गा. वि. स. बरमझियाँ–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र माता सम्पालदेवी यादवको कोखबाट वि. स. २००३ सालमा प्रथम सुपुत्रको रुपमा जन्म भएको थियो । बाल्यकालदेखि नै अभाव, अशिक्षा एवं रुढीबादी समाजिक परम्परा र सामन्ती उत्पिडनविरुध्द निरन्तर संघर्ष गर्दै आउनु भयो । सामन्त वर्गप्रति तीर्व घृणाकै कारण युवा अवस्थादेखि जीवनभर क. रामवृक्ष यादवले दुस्मन वर्ग विरुध्दको सङ्गघर्षमा लगातार नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।
क. रामवृक्ष यादवको जन्म मध्यमबर्गिय परिवारमा भएतापनि राजनीतिक एवं सामाजिक सङ्गघर्षको क्रममा आर्थिक समस्याको कारण आफ्नो पैतृक सम्पति बेच्दै गएकोले निम्न मध्यम बर्गिय गरिव किसान परिवारमा झर्नु भयो । वि. स. २०२२ सालमा मैर्टिक पास गरी आफ्नै गाउँको बरमझियाको प्राथमिक विद्यालयमा शिक्षक पेशामा लाग्नु भयो र पछि बल्ल तल्ल प्रमाणपत्र तहसम्म उत्तिर्ण हुने अवसर पाउनु भयो । विद्यार्थी जीवनदेखिनै समाजसेवा प्रति चाखराख्नुका साथै उहाँ शिक्षक जीवनमा आफ्नो वफादार रही समाजका गरिब गुरुवाहरु प्रति गहिरो सहानुभूति राख्दै उनीहरुलाई उनका हक अधिकारबारे बैचारिक ज्ञान प्रदान गराउनु हुन्थ्यो । जनताको पक्षधर भएकै कारण शासक वर्गका आँखाका कस्ङिगर बनेका क. रामबृक्ष यादव पटक–पटक झुठा मुद्दामा जेल जीवन विताउनु परेको थियो ।
क. रामवृक्षा यादव वि. स. २०२५ सालमा प्रधानाध्यापक हुने बेलामा हिन्दुबादी संस्कृति एवं चिन्तनमा आधारित किर्तन मण्डली गठन गरी आफू सो मण्डलीको मुख्य गायक तथा हारमोनियम बाधक भएका थिएँ । वि. स. २०२९ सालमा धनुषा जिल्लाकै कुसुम विछौना गाउँमा क. ऋषिराज देवकोटासँग जीवन्त सम्पर्क भएपछि वहाँ कम्युनिष्ट विचारधाराबाट प्रभावित हुनु भयो र क. रामवृक्ष यादवले किर्तन मण्डलीको आडमा कम्युनिष्ट विचारको प्रचार प्रशार गर्नु भयो । स्थानीय सामन्त तथा कम ज्यालामा खटाउने सुदखोर विरुध्द वि.स.२०३० सालमा आन्दोलन गर्नु भयो र सो आन्दोलन सफल समेत भयो । बनी आन्दोलनको निहुँमा स्थानीय जिल्ला प्रशासनले जकनकपुरबाट निजलाई गिरफ्तार गरी ६ महिना जलेश्वर जेलमा राखे । ने. क. पा. (चौ. म.) वहाँको कामबाट प्रभावित भई वि.स.२०३१ सालमा पार्टीको सदस्यता प्रदान गरेको थियो । स्थानीय शासक वर्ग वहाँको कामकाजबाट त्रशितभई वि.स. २०३४ सालमा कुसुम बिछौना गा. वि. स. को विद्यालयमा सरुवा गरियो । क. रामवृक्ष यादवले वि.स.२०३४ सालमा कमला नदि छेउको १२ विघा ऐलानी जग्गा सुकुमबासीलाई वितरण गर्नु भयो । प्रशासक फेरी वहाँको कामबाट असन्तुष्ट भई शान्ति सुरक्षा अन्तर्गत जेल पर्नु भयो र जेल मुक्त भए पछि २०३५ सालमा सिन्धुली जिल्लाको सिमानामा पर्ने लोटा दुधपानी प्राथमिक विद्यालयमा सरुवा भयो । वहाँलाई पटक–पटक सरुवा गरी दुःख दिएकोले २०३५ सालमा शिक्षण पेशाबाट राजीनामा दिनु भयो र पूर्णकालीन पार्टीको संगठनमा लाग्नु भयो । राजनैतिक पृष्ठमूमीको आधारमा वहाँलाई प्रशासकले राजकाज अपराध अन्तर्गत वि.स.२०३५ पौस १ देखि वि.स.२०३७ बैशाख ५ गतेसम्म कारागारमा राख्यो । तत्कालीन राजाबाट सुधारिएको निरदल वा बहुदल व्यवस्थाको जनमतको लागि घोषणा भए पश्चात वहाँ जेलबाट मुक्त भई पार्टीको निर्देशित योजना एवं कार्यक्रम अनुसार बहुदलको पक्षमा सकृय हुनुभएकोले स्थानीय प्रशासकले रघुनाथपुर बुथबाट पक्राउ गरी दुई दिनसम्म बेपत्ता पारिएकोले वहाँले आफ्नो मतसमेत खसाल्न पाउनु भएन । निरदल पक्षको विजय भए पछि मल्लका लठैतहरुले क. रामवृक्ष यादव लगायत अन्य साथीहरुको घरमागई जहान परिवारलाई कुटपिट तथा लुटपाट गरेकोले वहाँ बाध्यभई भूमिगत हुनु भयो । वि.स.२०४० सालमा ने. क. पा. (चौ. म. ) विभाजित हुँदा क. यादव ने. क.पा. (मसाल) को केन्दिय समितिको सदस्य हुनु भएको थियो । वि.स. २०४२ सालमा बरमझियाका एकजना मान्छे विष खाएर मर्दा त्यसको आरोपमा तत्कालीन प्र. पं. रमेन्द्रदीपका गुण्डाहरुले वहाँलाई समाती खुट्टा भाँची रातभर सजाय दिएको थियो र भोली पल्ट प्रशसकको निगरानीमा जनकपुर अस्पतालमा उपचार गराउन गएकोबेला वहाँ भाग्न सफल हुनु भयो र भारतमा गई उपचार गराउनु भएको थियो । वि.स. २०४५ सालको किसान आन्दोलनमा सकृय भएकोले वि.स. २०४६ सालमा गिरफ्तार भई लगातार जेल जीवन विताउनु भएको थियो । वि.स.२०४७ सालमा पार्टी एकता भए पछि वहाँको रिहाईको लागि जेलभीत्र र बाहिर सङ्गघर्ष भए पछि संसदका चुनाव पछिमात्र वि.स. २०४९ सालमा जेलबाट मुक्त भएपछि क. रामवृक्ष यादवले पटेर्वा गाउँमा करिब अढाई सय विघा जग्गा गरिव किसानलाई वितरण गर्नु भएको थियो ।
वि.स.२०५१ भदौ १ गतेका दिन आफ्नै कार्यक्षेत्र जनकपुरमा, नेपाल बन्द कार्यक्रम सफलपारी भोली पल्ट घर फर्कने क्रममा वि.स.२०५१ साल भदौ २ गतेका दिन सबैला भन्ने ठाउँमा प्रहरी प्रशासन र काँग्रेसी गुण्डाहरुको योजना बमोजिम बरमझियाका हत्याराहरुले क. रामवृक्ष यादवलाई निर्मम तरिकाले हत्या गरे ।

क. रामवृक्ष यादव एउटा कुशल रचनाकार संगितकार गायक र बाध्यवादनमा निपुन हुनुहुन्थ्यो । वहाँले क्रान्तिकारी गितको रचना गरी मधुर स्वरमा गाएर क्रान्तिका योध्याहरुलाई लठ्ठ पार्ने सफल कलाकार थियो । वहाँले गाउनु भएको गीत पेरुमे लालझण्डा फहराईरे मैथली गीत अहिले पनि नेपाली समुदायको कानमा गुन्जीरहेको छ । क. यादवले समाज सेवा नै सबै भन्दा ठूलो धर्म ठानेका थिएँ । वहाँले दुष्मन प्रतिको प्रतिशोध मनमा राखेका थिएँ । द्वन्दवादलाई अंगीकर गर्नुका साथै समाजमा रहेका विभेदीकरणलाई कहिल्लै विर्सेका थिएन्न । आफ्ना परिवारलाई समेत सर्वहारा करण गरी काम्युनिष्ट स्प्रिटबाट काममा लगाउनु भएको थियो ।
माओले भनेकाछन्– इमानदार छोराछोरीहरु आमाको गर्भबाट हैन सङ्गघर्षको भट्टीबाट जन्मने गर्दछन् भन्ने सिध्दान्त अनुरुप नै वहाँको छोरा र छोरी तथा छोरी जुवाई समेत पार्टीका योध्दाहरु हुनुहुन्छ । वहाँको परिबारलाई समेत लाल सलाम ।

अन्तमा भन्नु पर्दा वहाँ दुःखमा नआतिने र सुखम नमातिने क. यादव सदैब हँसमुख, शान्त र शालीन स्वाभावका व्यक्तित्वका धनी एवं गीतकार देखि जनगायक समेत हुनुहुन्थ्यो । बहाँ झुठो बोल्नेसँग सधै सर्तक रहनु हुन्थ्यो । पार्टी भनेको आफ्नो घर हो घरमा सत्य बोल्नु पर्छ तर चाप्लुसी गर्नु हुन्न भनी बिचार राख्नु हुन्थ्यो । जहाँ व्यक्तिगत सम्पति प्रतिको लोभ मोह लालच हुन्न त्यहाँ सजिलैसँग सम्मान र प्रितभासाथ बाच्न सकिन्छ भनीरहनु हुन्थ्यो । वहाँको यस आदर्श विचारलाई हामीले ज्ञान र प्रेर्णाको स्रोतको रुपमा लिन आवश्यक देखिन्छ ।
आजको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल, संघीयता, सामानुपातिक, धर्मनिरपेक्षता, सामाजिक न्याय लगायत जे जति आजसम्म उपलब्धि प्राप्त भएकाछन् यिनै महान अमर सहिदहरुको उच्च बलिदानबाट भएको हो । क. रामवृक्ष यादवको महान त्याग र बलिदानलाई नेपाल आमाका सपुतहरु कहिल्यै विर्सने छैन । नेपालका तारा विर सहिद क. रामवृक्ष यादव, क. शेखर यादव, क. रामकुमारी यादव, क. डम्बर यादव सहित देशभरीका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति स्रध्दा सुमनका साथै कोटी–कोटी श्रध्याज्जली अर्पन गर्दछु । लाल सलाम ।
(लेखक नेपाल बुध्दिजीवी संगठनका सिरहा जिल्ला संयोजक हुनुहुन्छ)

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार