श्रावण २४, २०७९ सिराहा
नेपाली काँग्रेसका सभापति एब प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । नेसापालाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।
‘हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौँ’ यादवले भने,‘हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’
पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।
यसअघि सत्ता गठबन्धनको सोमबार बसेको कार्यदल बैठकमा पनि बाबुरामलाई समेट्नुपर्ने विषयमा कुरा उठेको थियो । प्रतिगमनविरुद्धको आन्दोलनमा बाबुरामको भूमिकाको मूल्यांकन सहित उनलाई गठबन्धनमा समेटिनुपर्ने माओवादीको तर्फबाट कार्यदलमा रहेका नेता वर्षमान पुनलगायतले धारणा राखेका थिए ।
Discussion about this post