- एस कुमार
सिरहा,१४ साउन
इँटा उद्योग ब्यबसायी महासंघ जिल्ला अध्यक्षमा कृष्णा कुमार सिंह चयन भएका छन। सिरहाको गोलबजारमा हिजो दोस्रो जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको छ। दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो वर्षिक साधारणसभाले बरिष्ठ उपाध्यक्ष रामसगुन यादब, उपाध्यक्ष डोमी साह, महासचिब सन्तोष कुमार श्रीवास्तब, सचिब रामकुमार साह र कोषाध्यक्ष अशोक कुमार महतोलाई चयन गरेको छ। अधिवेशनले थप १३ जना सदस्य समेत चयन गरेको छ।
मधेश प्रदेश साम्सद मदन सेन श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा इँटा उद्योग व्यवसायी महासंघका केन्द्रिय सचिव चन्द्रदेव यादव, पतारी गाउँ पालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, वरियारपट्टी गाउँ पालिकाका अध्यक्ष सन्तोष महतो, , प्रदेश उपाध्यक्ष विक्रम साह, जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडा लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनले इँटा उद्योग व्यवसायी समेत रहेका लक्ष्मीपुर पतारी गाउँ पालिकाका अध्यक्ष चतुरानन्द ठाकुर र वडियारपट्टी गाउँ पालिकाका अध्यक्ष सन्तोष साहलाई सम्मान समेत गरेका थिए।
Discussion about this post