नेपालमा बाघको संख्या ३५५ पुग्यो

21
VIEWS

काठमाडौं । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको तथ्यांक अनुसार बाघको संख्या चार वर्षमै १२० बाघ थपिएका हुन् ।

तीमध्य सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा र बाँकेमा २५ वटा रहेका छन् ।

नेपालले कम समयमै बाघको संख्या लक्ष्यभन्दा बढी बनाएको छ। सन् २०१० मा रूसको पिटसबर्गमा भएको विश्व बाघ सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी थिए ।

उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्‍यो । त्यति बेला नेपालमा १२१ वटा बाघ थिए ।

सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य थियो ।अहिले नेपालले लक्ष्यभन्दा १०० बढी बाघको संख्या बढाएको हो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार